Breaking News

सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

काठमाडौं । पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् ।

अभद्र व्यवहार लगायतको कसुरमा उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । साथै, जीपीविरुद्ध धम्की र कुटपिटको प्रयास गरेको आरोप पनि लगाइएको छ ।

जाहेरीपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । छलफलमा कुरा नमिलेपछि कानुनी प्रक्रियामा अघि बढ्न तिमल्सिनालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१७ चैतमा फेसबुकमार्फत उषाले आफूलाई सुरक्षा चाहिएको बताउँदै नयाँ सरकारले आफूलाई न्याय दिनुपर्ने सहितका श्रृंखलाबद्ध फेसबुक स्टाटस लेखेकी थिइन् ।

उनले त्यतिबेला प्रहरी, प्रशासनमा शान्ति सुरक्षा माग्दै उजुरी दिने संकेत पनि गरेकी थिइन् । उनले अंशवण्डाको कुरा उठाउँदै आफूले न्याय पाउनुपर्ने र आफ्नो जीवनमा हस्तक्षेप हुन नहुने बताएकी थिइन्।

२०७९ जेठ २६ गते उषा र जीपीबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो । अलग भएको ६ महिनापछि त्यतिबेला अंशवण्डाको टुंगो नलाग्दै सोहीवर्षको मंसिर १९ मा प्रेमिका सविना अधिकारीसँग जीपीले दोस्रो विवाह गरेका थिए ।

सम्बन्धित समाचार

ओली-लेखकले कमजोरी स्वकार्नुपर्छ : महावीर पुन

ओली-लेखकले कमजोरी स्वकार्नुपर्छ : महावीर पुन

काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले ‘जेन–जी’ आन्दोलनका क्रममा भएका कमीकमजोरीलाई तत्कालीन नेतृत्वले स्वीकार गर्नुपर्ने बताउनुभएको छ...

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै...

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ। मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै...

इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला

इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला

काठमाडौँ। इरानी मिसाइल आक्रमणपछि भत्किएको हाइफाको एक आवासीय भवनबाट सोमवार दुईवटा शव निकालिएको इजरायली अधिकारीहरूले बताएका छन् । उद्धार...