Breaking News

ओली-लेखकले कमजोरी स्वकार्नुपर्छ : महावीर पुन

काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले ‘जेन–जी’ आन्दोलनका क्रममा भएका कमीकमजोरीलाई तत्कालीन नेतृत्वले स्वीकार गर्नुपर्ने बताउनुभएको छ । मङ्गलबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।

सांसद पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा प्रत्यक्ष रूपमा गोली चलाउने आदेश नदिएको भए पनि सरकारको प्रमुख पदमा रहेको नाताले जिम्मेवारी लिनुपर्ने तर्क गर्नुभयो । मातहतका कर्मचारी वा निकायबाट भएको गल्तीको नैतिक जिम्मेवारी प्रमुख व्यक्तिले लिनु नै लोकतान्त्रिक पद्धति भएको उहाँको भनाइ थियो ।

सांसद पुनले नेतृत्व तहले गल्ती स्वीकार गर्न हिचकिचाउन नहुनेमा जोड दिँदै भन्नुभयो, “आज उहाँहरूले गोली चलाउने आदेश दिएनौँ भन्नुहोला, तर प्रमुख त उहाँहरू नै हुनुहुन्थ्यो नि ! आफू प्रमुख हुँदा मातहतका कसैले गल्ती गर्यो वा बिरायो भने ‘बिराएछ’ भनेर भन्न सक्नुपर्छ ।”

फरक प्रसङ्गमा सांसद पुनले संसद्‌मा विभिन्न माननीय सदस्यले जनचासोका विषयमा राखेका मागहरूलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । संसद्‌मा उठेका विषयलाई सम्बोधन गरेर अघि बढ्नुको विकल्प सरकारसँग नरहेको उहाँको ठम्याइ छ ।

सम्बन्धित समाचार

सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

काठमाडौं । पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन्...

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै...

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ। मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै...

इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला

इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला

काठमाडौँ। इरानी मिसाइल आक्रमणपछि भत्किएको हाइफाको एक आवासीय भवनबाट सोमवार दुईवटा शव निकालिएको इजरायली अधिकारीहरूले बताएका छन् । उद्धार...