खेलकुद

फाप्ला क्रिकेट रंगशाला राष्ट्रिय गौरवको रुपमा अघि बढ्छ ; खेलकुदमन्त्री

कैलाली। धनगढीमा रहेको ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम’लाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताउनुभयो ।

मङ्गलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री पोखरेलले आयोजनाको प्रगति मूल्याङ्कन गर्दै सरकार यसलाई विशेष प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने बताउनुभयो ।

आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) जस्ता महत्त्वपूर्ण प्राविधिक प्रक्रिया पूरा भइसकेको छ ।

फाप्ला पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले लामो समयको तयारीपछि आयोजना निर्माण चरणमा प्रवेश गरेको जानकारी दिँदै मन्त्रीस्तरीय चासोले काममा थप ऊर्जा मिलेको बताउनुभयो ।

निरीक्षण टोलीमा कैलाली निर्वाचन क्षेत्र नम्बर-५ बाट प्रतिनिधिसभा सदस्य आनन्दबहादुर चन्द, कैलाली-३ का केपी खनाल लगायतको सहभागी रहेको थियो ।

 

सम्बन्धित समाचार

एनपीएल सिजन २ मा ४७ करोडभन्दा बढी क्यानलाई आम्दानी

एनपीएल सिजन २ मा ४७ करोडभन्दा बढी क्यानलाई आम्दानी

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान) ले ४७ करोडभन्दा बढी आम्दानी गरेको छ।...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर...

भलिबलको एउटै टिममा परिचारका चार जना सदस्य

भलिबलको एउटै टिममा परिचारका चार जना सदस्य

म्याग्दी। यहाँको धवलागिरि गाउँपालिका ३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी...

साफ यू-२० च्याम्पियनसिप : मालदिभ्ससँग नेपाल पराजित

साफ यू-२० च्याम्पियनसिप : मालदिभ्ससँग नेपाल पराजित

काठमाडौँ। मालदिभ्समा जारी साफ यू-२० च्याम्पियनसिपमा नेपाली युवा टोली सेमिफाइनलबाटै बाहिरिएको छ। बुधबार भएको सेमिफाइनलमा नेपाली युवा टोली साविक...