इरान–अमेरिका तनाव : ‘सम्पूर्ण सभ्यता नै समाप्त हुने’ ट्रम्पको चेतावनी
वासिङ्टन। अमेरिका र इरानबिचको तनाव उत्कर्षमा पुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कठोर हमलाको चेतावनी दिनुभएको छ । स्ट्रेट अफ हर्मोज पूर्ण रूपमा खुला गर्नका लागि आफूले दिएको समयसीमा सकिनै लाग्दा ट्रम्पले इरानलाई सम्बोधन गर्दै ‘आज रात एउटा सिङ्गो सभ्यताको अन्त्य हुने’ धम्की दिनुभएको हो ।
ट्रम्पको यो अभिव्यक्तिले मध्यपूर्वमा ठुलो युद्धको सङ्केत गरेको छ । अमेरिकाले इरानको रणनीतिक जलमार्गमा लगाएको अवरोध हटाउन केही घण्टाको मात्र समय बाँकी रहेको उल्लेख गर्दै उक्त चेतावनी दिएको अलजजिराले लेखेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु
काठमाडौँ। मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै...
इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला
काठमाडौँ। इरानी मिसाइल आक्रमणपछि भत्किएको हाइफाको एक आवासीय भवनबाट सोमवार दुईवटा शव निकालिएको इजरायली अधिकारीहरूले बताएका छन् । उद्धार...
आकासिँदो इन्धनको मूल्यले अफगानीहरूमाथि दबाब
काठमाडौँ। काबुलको व्यस्त सडकमा ३३ वर्षीय ट्याक्सी चालक अब्दुल मतीन आफ्नो कारको स्टेयरिङ पछाडि बसेर यात्रुहरूको प्रतीक्षा गरिरहेका छन्...
पूर्वी गाजा शहरमा इजरायली हवाई आक्रमणमा ४ प्यालेस्टाइनीको मृत्यु
काठमाडौँ। प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतकाअनुसार पूर्वी गाजा शहरको अल–तुफाह छिमेकलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा चार प्यालेस्टाइनीको...




