युगान्डासँग खेल्ने नेपाली महिला क्रिकेट टोली घोषणा, युवा खेलाडी समेटिदा परिनन् सीता
काठमाडौँ। युगान्डामा हुने मैत्रीपूर्ण खेलका लागि इन्दु वर्माको नेतृत्वमा १८ सदस्यीय प्रारम्भिक महिला क्रिकेट टोली घोषणा भएको छ।
युगान्डा क्रिकेट संघको आयोजनामा फागुन २२ गतेदेखि चैत ४ गतेसम्म (मार्च ६ देखि १७) मैत्रीपूर्ण खेल हुँदैछ। टोलीमा युवा खेलाडीको बर्चस्व छ। यसअघि यू १९ विश्वकप खेलेको खेलाडी रचना कुमारी चौधरी, ममता कुमारी चौधरी, पूजा महतो, अलिसा कुमारी यादव, साना प्रविन, रिया शर्मा, सीमाना केसी समेटिएका छन्। यता, लामो समय टिममा रहेकी अलराउन्डर सीता राना मगर प्रारम्भिक टोलीमा छैनन्।
नेपालको प्रारम्भिक टोली :
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री बेल्वासे, सम्झना कुमारी खड्का, रचना कुमारी चौधरी, ममता कुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, विन्दु रावल, अलिसा कुमारी यादव, रोमा थापा, मनीषा कुमारी उपाध्याय, सवनम राई, ईश्वरी विष्ट, शोभा रोकाय, साना प्रविन, रिया शर्मा, सीमाना केसी
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




