अन्तर्राष्ट्रिय

इस्तानबुलस्थित इजरायली महावाणिज्य दुतावास नजिक आक्रमणः १ आक्रमणकारीको मृत्यु

टर्कीको इस्तानबुलस्थित बेसिकटास जिल्लामा रहेको इजरायली महावाणिज्य दुतावास नजिकै मंगलवार भएको आक्रमणमा एक आक्रमणकारीको मृत्यु भएको छ भने दुई प्रहरी अधिकारी र दुई आक्रमणकारीसहित अन्य चार जना घाइते भएका छन् । इस्तानबुलका गभर्नर दाभुत गुलले घटनास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आक्रमणकारीहरूले सो क्षेत्रमा सुरक्षा प्रदान गरिरहेका प्रहरी अधिकारीहरूलाई लक्षित गरेको बताउनु भयो ।

उहाँकाअनुसार गोलीबारीका क्रममा प्रहरी अधिकारीहरू सामान्य घाइते भएका छन् । गभर्नरको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार यो घटना स्थानीय समय नुसार दिउँसो करिब १२ः१५ बजे शुरु भएको थियो । घाइते भएका दुई आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । टर्कीका न्यायमन्त्री अकिन गुर्लेकले यस घटनाको बारेमा बहुआयामिक अनुसन्धान शुरु गरिएको बताउनुभएको छ ।

सम्बन्धित समाचार

अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम

अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम

वासिङ्टन डिसी । अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम गर्ने नाटकीय सहमति भएको छ। तेहरानलाई स्ट्रेट अफ होर्मुज...

आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर

आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर

काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ...

इरान–अमेरिका तनाव : ‘सम्पूर्ण सभ्यता नै समाप्त हुने’ ट्रम्पको चेतावनी

इरान–अमेरिका तनाव : ‘सम्पूर्ण सभ्यता नै समाप्त हुने’ ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिका र इरानबिचको तनाव उत्कर्षमा पुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कठोर हमलाको चेतावनी दिनुभएको छ । स्ट्रेट...

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ। मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै...