सोमवार, भदौ २, २०८२
English
Follow us:

सुनको भाउ एक लाख ६९ हजार चार सय

सुनको भाउ एक लाख ६९ हजार चार सय

  • खबर सेवा

  • बुधबार, फाल्गुन ७, २०८१

  • 100
    SHARES
सुनको भाउ एक लाख ६९ हजार चार सय

काठमाडौँ। नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक हजार सात सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology