काँग्रेसको देउवा नेतृत्वको टोलीले दियो कारागार बिभागलाई चेतावनी ?
काठमाडौं। देशभरका कारागारमा भईरहेको बेथिति र भ्रष्टाचारबारे छानबिनको माग गर्दै नेपाल बिधार्थी संघको केन्द्रीय समितिले कारागार बिभागलाई ध्यानाकर्षण पत्र पेश गरेको छ ।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले देशभरका कारागारहरूमा देखिएको चरम बेथिति, अनियमितता र भ्रष्टाचार अन्त्य गर्न माग गर्दै आज कारागार विभागका महानिर्देशकसमक्ष ध्यानाकर्षण पत्र पेश गरेको छ ।
नेबिसंघका केन्द्रीय सदस्य बाबुराम भट्टराईको नेतृत्वमा गएको टोलीले गृह मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेका कारागारहरूमा कैदीबन्दीहरूको आधारभूत अधिकारसमेत हनन हुने गरी विभिन्न अनियमितता भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो ।
झटध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार काठमाडौंस्थित जगन्नाथदेवल कारागारसहित विभिन्न जेलमा कैदीबन्दीहरूबाट अनावश्यक रुपमा आर्थिक असुली गर्ने, औषधि उपचारमा लापरवाही, मानसिक रोगी तथा बिरामी कैदीबन्दीहरूको रकम हिनामिना गर्ने, बन्दीहरुको उचित व्यवस्थापनमा कमजोरी, र नाइके–सहनाइके चयन प्रक्रियामा समेत आर्थिक चलखेल भइरहेको आरोप लगाइएको छ ।
नेबिसंघले यस्ता गतिविधिमा संलग्न कर्मचारीहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन, सम्बन्धित कर्मचारीहरूको बैंक खाता छानबिन गर्न तथा निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न माग गरेको छ। साथै, दोषी प्रमाणित हुनेहरूलाई प्रचलित कानुनअनुसार कडा र उदाहरणीय कारबाही गर्नुपर्नेमा जोड दिएको छ।
त्यसैगरी, कारागार ऐन २०७९ बमोजिम गम्भीर फौजदारी अभियोग लागेका कैदीबन्दीलाई चौकीदार, नाइके वा सहनाइके नबनाउन पनि संघले स्पष्ट माग अघि सारेको छ। कैदीबन्दीबाट नाईके सहनाईके बनाईदिन्छु भन्दै असुली गरिएको रकम तत्काल फिर्ता गरिनुपर्ने मागसमेत गरिएको छ ।
नेबिसंघले चेतावनी दिँदै भनेको छ— यदि यस्ता गम्भीर विषयमा सरोकारवाला निकायले तत्काल ठोस कदम चालिएन भने कैदीबन्दीहरूको मानवअधिकार संरक्षणका लागि कडा कदम चाल्न नेबिसंघ बाध्य हुनेछ ।
उक्त कार्यक्रममा बोल्दै सिटिईभिटीका केन्द्रीय अध्यक्ष कुम्भराज देउवाले भने देशभरका कैदीबन्दीको रसदपानी खर्च र औषधी उपचारको खर्चमा समेत गिद्धेनजर लगाउने भ्रष्टहरुलाई कानुनी कारबाही नभए नेबिसंघले उचित कारबाही गर्ने समेत बताएका थिए । बिभागिय प्रमुखले आफ्नो जिम्मेवारी निर्बाह नगरे गृहमन्त्री सुदुन गुरुङ समक्ष ध्यानाकृष्ट गराउने तयारी नेबिसंघले गरेको छ ।
ताजा अपडेट
-
१.
स्वीस राजदूतसँग गृहमन्त्रीको अनुरोध : नेपालीको पैसा भए फिर्ता गर्दिनुहोस्
-
२.
पक्राउ पुर्जी जारी भएपछि देउवाको स्पष्टीकरण : सम्पत्तिसम्बन्धी भ्रम फैलाइयो
-
३.
काँग्रेसको देउवा नेतृत्वको टोलीले दियो कारागार बिभागलाई चेतावनी ?
-
४.
प्रधानमन्त्रीद्वारा विभिन्न देशका राजदूतहरूसँग कूटनीतिक संवाद
-
५.
चैत २७ राष्ट्रपतिले संयुक्त सदनमा सम्बोधन गर्ने
ट्रेन्डिङ
सम्बन्धित समाचार
पक्राउ पुर्जी जारी भएपछि देउवाको स्पष्टीकरण : सम्पत्तिसम्बन्धी भ्रम फैलाइयो
काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताउनुभएको...
चैत २७ राष्ट्रपतिले संयुक्त सदनमा सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्...
सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै
काठमाडौँ। सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकलाई कारण देखाउँदै सरकारले नयाँ...
उपसभामुखको निर्वाचन पर्सि
काठमाडौँ। प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन यही चैत २७ गते शुक्रबार हुने भएको छ। बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको...




