राजनीति

भारत जाँदै देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । इन्डिया फाउन्डेसनले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ मा सहभागी हुन देउवा देउवा भारत जान लागेका हुन् ।

कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुने छ । देउवा बिहीबार नै त्यसतर्फ जाने बुढानीलकण्ठ स्रोतले बतायो । देउवा वक्ता रहेको समिटिमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत सहभागी हुँदैछन् ।

समिटमा सहभागी भएपछि देउवा महाकुम्भ मेलामा सहभागी भई गंगा स्नान गर्ने बुझिएको छ । १४ फागुनमा कुम्भ मेला सकिँदैछ । कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी, प्रवक्ता डा।प्रकाश शरण महतलगायत दर्जनौं कांग्रेस नेता कुम्भ मेलामा सहभागी भएर गंगा स्नान गरेका छन् ।

सम्बन्धित समाचार

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...