कांग्रेस एमालेमा तानाशाह प्रवृत्ति छ : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीले काङ्ग्रेस-एमाले गठबन्धन दुई दलीय तानाशाहतर्फ अग्रसर भइरहेको बताएको छ। अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमार्फत वर्तमान सत्ता गठबन्धन दुई दलीय तानाशाह लाद्न अग्रसर भएको आरोप लगाएका हुन् ।
वर्तमान सरकार निरङ्कुश र स्वेच्छाचारी ढङ्गले अघि बढेको भन्दै नेपालले राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘अहिलेको गठबन्धन सरकार देश र जनताको हितमा छैन । यो निरङ्कुश एवं स्वेच्छारी ढङ्गले चल्दैछ । वर्तमान सत्ता गठबन्धनबाट मुलुमा दुई दलीय तानाशाही लाद्ने प्रयत्न भइरहेको छ ।’
अध्यक्ष नेपालले सरकार जनताको पक्षमा नभएर भूमाफियाको पक्षमा रहेको आरोप पनि लगाएका छन् । सरकारले ल्याएको भूमीसम्बन्धि अध्यादेश त्यसकै उपज रहेको उनको मत छ । ‘जग्गा दललाई हदबन्दीभन्दा बढी जग्गा बेच्न दिने तथा अव्यवस्थित बसोबासका नाममा सरकारी वा सार्वजनिक जग्गा कब्जा गरी बसेकालाई सित्तैमा जग्गा दिने प्रावबाधनबाट सरकार आम नेपाली जनताको पक्षमा होइन दलाल व्यापारी र भूमाफियाको पक्षमा छ भन्ने कुरा अध्यादेशका प्रावधानले देखाउँछ,’ राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




