चितवनमा सातै पालिकामा निर्वाचन अधिकृतको कार्यालय

निर्वाचन आयोगले आज जिल्लाका सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
भरतपुर महानगरपालिका–१० स्थित उद्योग प्रशिक्षण प्रतिष्ठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो भने छ पालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० कर्मचारी खटिएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा नौ जनाका दरले कर्मचारी रहने छन् ।
आयोगले मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीलाई खटाएको छ । निर्वाचन अधिकृतका रूपमा रत्ननगरमा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोदकुमार गौतम, खैरहनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीका उपसचिव सरस्वती पौडेललाई खटाइएको छ ।
राप्तीमा महान्यायधिबक्ताको कार्यालयका श्यामप्रसाद दाहाल, कालिकामा जिल्ला उपन्यायाधीवक्ता महेशप्रसाद खत्री, माडीमा जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतम र इच्छाकामनामा जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यलाई खटाइएको छ । निर्वाचन अधिकारीसहित सबै निर्वाचन अधिकृतलाई वैशाख १ र २ गते आयोगले तालिम दिएको कार्कीले जानकारी दिए । कार्यालयहरूले आजै निर्वाचन कार्यक्रम प्रकाशित गर्ने छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




