चितवनमा सातै पालिकामा निर्वाचन अधिकृतको कार्यालय

निर्वाचन आयोगले आज जिल्लाका सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

भरतपुर महानगरपालिका–१० स्थित उद्योग प्रशिक्षण प्रतिष्ठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो भने छ पालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० कर्मचारी खटिएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा नौ जनाका दरले कर्मचारी रहने छन् ।
आयोगले मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीलाई खटाएको छ । निर्वाचन अधिकृतका रूपमा रत्ननगरमा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोदकुमार गौतम, खैरहनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीका उपसचिव सरस्वती पौडेललाई खटाइएको छ ।

राप्तीमा महान्यायधिबक्ताको कार्यालयका श्यामप्रसाद दाहाल, कालिकामा जिल्ला उपन्यायाधीवक्ता महेशप्रसाद खत्री, माडीमा जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतम र इच्छाकामनामा जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यलाई खटाइएको छ । निर्वाचन अधिकारीसहित सबै निर्वाचन अधिकृतलाई वैशाख १ र २ गते आयोगले तालिम दिएको कार्कीले जानकारी दिए । कार्यालयहरूले आजै निर्वाचन कार्यक्रम प्रकाशित गर्ने छन् ।

You might also like
Comments
Loading...