समाचार

ताप्लेजुङको पाथीभरा क्षेत्रमा सवारी चालक कुटिएकोमा व्यवसायीले गरे पूर्व बन्दको आह्वान

काठमाडौँ। ताप्लेजुङको पाथीभरामा बिहीबार भएको झडपपछि यातायात व्यवसायीले बन्दको घोषणा गरेका छन्। ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै फागुन ९ गते राति १२ बजेदेखि यातायात बन्द गर्न बताएका हुन्।

उनीहरूले मेची राजमार्ग, तमोर कोरिडोर र धरान-वसन्तपुर-गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सबै नाका तथा जिल्लाका अन्य शाखा सडकमा समेत एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेक कुनै पनि सवारीसाधन चल्न नदिने घोषणा गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘फागुन ८ गते काफ्ले पाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले मे १ ज २५७९ नम्बरको गाडीमा क्षति पुर्‍याएको तथा चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुने गरी कुटपिट गरेको घटनाप्रति सवारी चालक मजदुर संघ घोर भर्त्सना गर्दछ।’

ताप्लेजुङमा पाथीभरा क्षेत्रमा केबलकार बनाउने कि नबनाउने भन्ने विवादमा बिहीबार दिउँसो झडप हुँदा १३ जना घाइते भएका छन्।

सम्बन्धित समाचार

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले  मतदान भइरहेको आयोगको दावी

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदान भइरहेको आयोगको दावी

काठमाडौँ । निर्वाचन आयोगले देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद...

अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ

अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ

रौतहट। रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९...

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथी आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राबिको...