अर्थ

७ महिनामा बढेको व्यापार घाटा : एक खर्ब २७ अर्बको निर्यात, ९ खर्ब ८८ अर्बको आयात

काठमाडौँ।  चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा वस्तु तथा सेवा निर्यातबाट प्राप्त हुने रकम ४६.५० प्रतिशतले बढेको छ।

उक्त अवधिमा एक खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार, गत आर्थिक वर्षको सात महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो ।

पछिल्लो सात महिनामा नौ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात १० प्रतिशतले बढेको छ । गत वर्षको माघ मसान्तसम्म आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

गत वर्षको माघ मसान्तसम्मको तुलनामा व्यापार घाटा पनि बढेको छ । सात महिनाको अवधिमा व्यापार घाटा आठ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ रहेको विभागले जनाएको छ । गत वर्षको माघ मसान्तसम्म आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ व्यापार घाटा थियो ।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...