विवाहको भोज खान गएका युवकको हत्या
काठमाडौँ। बाजुरामा विवाहको भोज खान गएका युवकको हत्या भएको छ । बुढीगंगा नगरपालिका(८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको छ । थापा बूढीगंगा नगरपालिका-९ का बासिन्दा हुन् ।
थापाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका(७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप गिरीले जानकारी दिए ।
उनकाअनुसार खड्कालाई साफेबगरबाट पक्राउ गरिएको हो भने अन्य दुई जनालाई गाउँमा लुकेको अवस्थामा समातिएको थियो । उनीहरुले बुढीगंगा नगरपालिका–८ का सन्तोष खड्काको बिहेमा भोज खाने क्रममा आपसमा विवाद हुँदा कुटपिट गरेर थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहेको भोजमा मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच विवाद भएको थियो । पक्राउ परेका मध्येका दीर्घ विष्टले ‘आफूलाई सबै केटाहरुले दाइ भन्नुपर्छ’ भनेको निहुँमा विवाद भएको थियो । सोही क्रममा थापामाथि कुटपिट भएको थियो ।
थापाको शव परीक्षणका लागि जिल्ला अस्पताल मार्तडीमा राखिएको छ भने पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
१.
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
-
२.
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
-
३.
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
-
४.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
५.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
ट्रेन्डिङ
सम्बन्धित समाचार
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
काठमाडौँ। कम्बोडियामा अलपत्र परेका १६ जना नेपाली आज स्वदेश फर्काइएका छन्। अनलाइन स्क्यामिङ र क्यासिनो अनलाइन ठगी लगायतका काममा...
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
काठमाडौँ। पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...




