महिला च्याम्पियनसिप : म्यानमारसँग जित निकाल्ने दाउमा नेपाल
काठमाडौँ। घरेलु मैदानमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (आइतबार) नेपाल र म्यानमार भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुनेछ।
एक खेल अगावै फाइनलमा पुगिसकेका नेपाल र म्यानमारका लागि आइतबारका लागि अभ्यास समेत हुनेछ। म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै एक खेल अगावै फाइनलमा पुगिसकेका छन्।
नेपालले समूह चरणको पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा लेवनानलाई समान १–० गोल अन्तरले हराएको थियो। नेपालको दुवै जितमा फरक खेलाडीले गोल गरेका छन्। किर्गिस्तानविरुद्ध नेपालकी विमला चौधरीले गोल गरेकी थिइन्। लेवनानविरुद्ध सावित्रा भण्डारीको निर्णायक गोलमा नेपालले जित निकालेको थियो।
म्यानमारले भने पहिलो खेलमा कीर्गिस्तानलाई ३–१ ले तथा दोस्रो खेलमा लेवनानमाथि ५–० को फराकिलो जित दर्ता गरेको थियो। म्यानमार र नेपालका लागि यो खेल फाइनल अघिको अभ्यास समेत हुनेछ। तर नेपाली टोली आइतबारको खेलमा जित निकाल्दै फिफा वरियता सुधारको प्रयासमा हुनेछ।
यो खेलको हार जितको नतिजाले नेपालको उपाधि यात्रामा थप बल पुग्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




