बढ्यो नेप्से
काठमाडौँ। साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक बढेको छ। यसदिन नेप्से ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन अर्थात बिहीबार ८ अर्ब ६२ करोडको कारोबार भएकोमा आइतबार ११ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ९२ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३२८ वटा धितोपत्रको दुई करोड १२ लाख ६ हजार कित्ता सेयर किनबेच भएको हो। आइतबार ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७८० रूपैयाँ २० पैसा कायम भएको छ। यस्तै, कुमारी सबल योजनाको मूल्य ९।९४ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ६२ पैसा पुगेको छ। आइतबार रिलायन्स फाइनान्सको मूल्य सर्वाधिक ७।२४ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६०७ रूपैयाँ ६० पैसामा झरेको छ।
यस्तै, उपकार लघुवित्तको मूल्य ६।७९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य चार हजार ९८६ रूपैयाँ कायम भएको छ। आइतबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...
अण्डाको मूल्य बढ्यो
चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...
नेप्सेमा गिरावट
काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...




