कला

अदालतले रोकेको ‘लाज शरणम्’को प्रचार सेन्सर बोर्डले खोलिदियो, शिवरात्रीमै प्रदर्शन हुने

काठमाडौँ। उच्च अदालत पाटनको आदेशपछि प्रचारप्रसार रोकिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ दिएको छ। शुक्रबार फिल्म जाँच गरिएको र आइतबार निर्मातालाई प्रमाणपत्र प्रदान गरिएको हो।

पूर्वमन्त्री मोहम्मद अफताब आलमले उच्च अदालत पाटनमा रिट दायर गरेपछि फिल्मको प्रदर्शन अन्यौल भएको थियो। फिल्मका कलाकार सीताराम कट्टेलले निर्वाह गरेको पात्रको आवरण आफूसँग मिलेको भएकोले त्यसको प्रचार रोक्न भन्दै आलमले रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै उच्च अदालत पाटनले फिल्म सेन्सर पास नभएसम्म सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फिल्मको प्रचारप्रसार नगर्न अन्तरिम आदेश दिएको थियो।

त्योसँगै फिल्मको प्रचार रोकिएको थियो। निर्माण टिमले फिल्मको टिजर र गीतलाई युट्युबमा ‘प्राइभेट’ बनाएको थियो। सेन्सर पास भएसँगै फिल्म महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने बाटो खुलेको छ।

सम्बन्धित समाचार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...