सिटीमाथि लिभरपुलको सानदार जित
काठमाडौँ। प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुलले म्यानचेस्टर सिटीमाथि सहज जित निकालेको छ। गएराति सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा लिभरपुरले २–० को सहज निकालेको हो।
जितसँगै शीर्षस्थानको लिभरपुलले ११ अंकको स्पष्ट अग्रता बनाएको छ। योसँगै लिभरपुल २० औँ इङलिस उपाधि जित्नका लागि तयार देखिएको हो। लिभरपुलले २७ खेलबाट ६४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। लिभरपुलभन्दा एक खेल कम खेलेको आर्सनल ५३ अंकमा दोस्रो स्थानमा छ।
सिटीविरुद्धको खेलमा मोहम्मद सलाह र डोमिनिक सोबोस्लाइको प्रर्दशन उच्च रह्यो। लिभरपुलका दुवै गोलमा यी दुई खेलाडीको भूमिका विशेष रह्यो। खेलको १४ औँ मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। सलाहले डोमिनिकको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।
खेलको ३७ औँ मिनेटमा डोमिनिकको गोलमा लिभरपुलले अग्रता दोब्बर पार्यो। उनले सलाहको पासमा नै बललाई पोस्को गति दिएका थिए। गएराति कै अर्को खेलमा न्युक्यासल युनाइटेडले नटिङघम फरेस्टमाथि ४–३ को जित दर्ता गरेको छ।
न्युक्यासलले चारै गोल पहिलो हाफमा गरेको हो। नटिङघमले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल थप्दा पनि टोलीको हार टार्न सकेन।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




