समाचार

मुस्ताङ जाने एकमात्र सडक मार्ग बेनी–जोमसोम सडक धमाधम मर्मत

बेनी। हिमाल पारीको जिल्ला मुस्ताङ जाने एकमात्र सडक मार्ग बेनी–जोमसोम सडक धमाधम मर्मत भइहेको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्ड चौडा तथा स्तरोन्नतिका लागि दैनिक चार घण्टा सडक बन्द गरेर मर्मतलाई तीव्रता दिइएको मुस्ताङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार बुधबारदेखि वैशाख २० गतेसम्म १४ दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडकमा यातायातका साधन चल्न नदिएर मर्मत गर्न लागिएको हो । यो सडकखण्ड वैशाख २० गतेसम्म दैनिक चारघण्टा अवरुद्ध हुने भएको छ । सडकलाई चक्लाबन्दी गर्ने क्रममा ब्रेकरले चट्टान फुटाउन नसक्दा मुस्ताङको घाँसा, काभ्रेभीरलगायत ठाउँमा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले सडक बन्द गरिएको उहाँको भनाइ थियो । यसअघि जिल्ला सुरक्षा समितिको बैठकले सडक निर्माणको काममा सहजीकरण गर्न बाटो बन्द गर्ने निर्णय गरेको थियो ।

मुस्ताङ पुग्ने सोही सडकअन्तर्गत बेनी–मालढुङ्गा सडकखण्ड पनि दैनिक पाँच घण्टा बन्द गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गादेखि १३ किलोमिटर दूरीमा म्याग्दीको बेनीसम्म जोडिने साँघुरो सडकको चक्लाबन्दी र स्तरोन्नतिकाका लागि सडक बन्द गरिएको हो ।सवारीसाधन गुडिरहेको अवस्थामा सडक निर्माण गर्न समस्या हुने भएपछि निर्माण कम्पनीको अनुरोधमा पर्वत जिल्ला प्रशासन कार्यालयले बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरेर काम गर्न अनुमति दिएको थियो ।
पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ आउजाउ गर्ने सवारी साधनको चाप बढ्दा सडकमा काम गर्न समस्या भएपछि सडक अवरुद्ध गरेर मर्मत गर्नुपरेको सहायक प्रजिअ ढकालले बताउनुभयो । बेनी–मालढुङ्गा सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने भएको छ तर मुस्ताङमा बन्द गरिएको सडकको वैकल्पिक सडक नभएका कारण म्याग्दी हुँदै मुस्ताङ जान लागेकाहरु भने म्याग्दीको माथिल्लो भागमा पुगेपछि रोकिएर बस्नुपर्ने समस्या रहेको छ ।अहिले मुस्ताङ भ्रमणमा जाने र मुस्ताङबाट फर्किने आन्तरिक पर्यटकका सवारीसाधनले बेनीदेखि भुरुङ तातोपानीसम्मको सडकमा यातायातको चाप बढाएको छ ।

सम्बन्धित समाचार

धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो

धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो

काठमाडौं। सर्वोच्च अदालतले रास्वपा धनुषा १ का उम्मेदवार किशोरी साहले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...

कुवेतको नेपाली दूतावासले भन्यो : साउदीका लागि भिषा दिन सकिन्छ

कुवेतको नेपाली दूतावासले भन्यो : साउदीका लागि भिषा दिन सकिन्छ

काठमाडौं ।  कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई साउदी भिसाको आवेदन दिन सकिने जनाएको छ। त्यसरी दिएको आवेदनपछि सडकमार्गबाट...

महेश बस्नेतसँग अदालतको अपहेलना मुद्दामा लिखित जबाफ माग्ने आदेश

महेश बस्नेतसँग अदालतको अपहेलना मुद्दामा लिखित जबाफ माग्ने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ ।...

झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु

झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु

काठमाडौँ। रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका १० टोड्के घर भई मुसिकोट...