पूर्वराजालाई वर्षमानको अनुरोध : तानाशाह फर्काउन सकिन्छ भनेर मुख नमिठ्यासियोस्
झापा। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन् ।
झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई-मधेस जागरण अभियान उदघाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरुक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको बताए ।
जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पुनले ज्ञानेन्द्रलाई सुझाए । ‘तानाशाहहरु, प्रतिगामीहरू सामान्तहरु पुरानै व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख मिठ्याई राखेका छन्, अपिल गरिराखेका छन्’ पुनले भने, ‘जनताको निराशामा र असन्तुष्टिहरूमा भ्रम छरेर धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर तानाशाहहरु हिँडिराखेका छन् । खबरदार, त्यो दिवासपना नदेखे हुन्छ । जनता फेरि जाग्नेछन्।’
उनले काठमाडौं केन्द्रित एक जाति, एक भाषा, एक संस्कृतिसहितको एकाधिकारवादी हुकुमी शासन अब सम्भव नभएको बताए। १०औँ हजारको बलिदानले स्थापित गरेको व्यवस्थालाई बचाउन र सर्भिसिङमार्फत लोकतान्त्रिक गणतन्त्रमा लाखेको फोहोर सफा गर्न आफूहरू अभियान लिएर जनतामा आएको पुनले उल्लेख गरे। रेक्सन गर्नुस् । ‘हामीले क्रान्ति सजिलै गरेका होइनौं । कमरेड प्रचण्डको नेतृत्वमा हामीले धेरै दुःख, कष्ट र १०औँ कजारको बलिदानी गरेर देशलाई यहाँसम्म ल्याएका हौँ’, उनले भने, ‘केही मान्छेले हाम्रो धैर्यता र लचकतालाई कमजोरी ठान्छन् भने उनीहरूले पछुताउनुपर्नेछ ।’ पुनले वर्तमान व्यवस्था जोगाउन जस्तोसुकै बलिदानीका लागि पनि आफूहरू तयार रहेको बताए ।
पूर्व राजाले प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै देश यसरी नै अगाडि बढ्न नसक्ने भन्दै आफूलाई साथ दिन अपिल गरेका थिए । ज्ञानेन्द्रको उक्त अभिव्यक्तिप्रति मूलधारका राजनीतिक दलका नेताहरूले सदनभित्र र बाहिरबाट प्रतिवाद गरेका छन् ।
पुनले दुई तिहाइको दुहाई दिएर सत्तामा बसेका काँग्रेस र एमालेले जनभावना अनुसार शासन सत्ता सञ्चालन नगरेको आरोप लगाए । जनताको भावना विपरीत अघि बढे उनीहरूलाई पनि जनताले बढार्ने दिन आउने चेतावनी उनले दिए । पुनले लोकतन्त्रमा मनोमानी ढंगले चल्ने शासकको हालत के हुन्छ भन्ने ऋलंका र बंगलादेशका हालैका राजनीतिक घटनाक्रमबाट सिक्न सत्तासीनहरुलाई आग्रह गरे ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले गणतन्त्र स्थापनापछि मुलुकले पूर्वाधार विकासमा फड्को मारेको भन्दै केही भएन भन्नेहरूले भ्रम छर्ने प्रयास गरेको बताए। पञ्चायतको ३० वर्षमा ७ हजार किमी र बहुदलीय व्यवस्थाको १४ वर्षमा १७ हजार किमी सडक निर्माण भएकामा गणतन्त्रको १० वर्षमा देशभर डेढ लाख किमी सडक बनेको तथ्यांक प्रस्तुत गरे । सामान्ती र एकात्मक व्यवस्थाले दबाएका महिला, आदिवासी जनजाति, दलित, मधेसीहरु गणतन्त्रमा सत्ता चलाउने ठाउँमा पुगेको उनको भनाइ थियो ।
‘संसदीय व्यवस्थामा ७ जना भन्दा बढी महिला संसदमा थिएनन् । अहिले संसदमा ३३ प्रतिशत र स्थानीय तहमा ४० महिला प्रतिनिधित्व सम्भव भएको छ । दलितहरुमाथिको छुवाछुत कानूनतः दण्डित भएको छ’, पुनले भने, ‘हाम्रो क्रान्तिले जनतालाई मालिक बनाएको छ । राज्य सत्तामा आफ्नो अधिकार लिने हकदार बनाएका छौँ ।’
अर्को एक फरक प्रसङ्गमा पुनले मुकुम्लुङ (पाथीभरा) का आदिवासी समुदायको आवाज नसुनेर सरकारले गोली चलाइरहेको भन्दै आपत्ति जनाए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




