सोमवार, भदौ २, २०८२
English
Follow us:

सुनको मूल्यमा कीर्तिमान

सुनको मूल्यमा कीर्तिमान

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन १३, २०८१

  • 94
    SHARES
सुनको मूल्यमा कीर्तिमान

काठमाडौँ। सुनको मूल्यले आज कीर्तिमान कायम गरेको छ। मंगलबार नेपाली बजारमा सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार तीनसय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

हिजो सुनको मूल्य एकलाख ७० हजार आठसय रुपैयाँ थियो। हिजोको मूल्यमा प्रतितोला पाँचसय रुपैयाँ वृद्धि भएपछि सुनले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको महासंघले जनाएको छ।

गएको शुक्रबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको मूल्य त्यसयता लगातार बढ्दै आएको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

 

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology