सोमवार, भदौ २, २०८२
English
Follow us:

घट्यो डलरको भाउ

घट्यो डलरको भाउ

  • खबर सेवा

  • बिहिबार, फाल्गुन १५, २०८१

  • 97
    SHARES
घट्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर मूल्य हिजोकै यथावत छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका विदेशी मुद्राको विनिमय दर भने बढेको छ। बहराइन दिनारसहित केही विदेशी मुद्रा सस्तिएका छन्।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८४ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ७८ पैसा कायम भएको छ। हिजो युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ५२ पैसा थियो।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ८१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ६३ पैसा थियो।त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५७ पैसा थियो।

आज कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ३५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ २८ पैसा थियो। त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ०३ पैसा
थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology