१३ औँ फाइनलबाट पनि नेपालले उचाल्न नपाएको उपाधि
काठमाडौँ। फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि म्यान्मारले जितेको छ । बुधबार साँझ दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा आयोजक नेपाललाई म्यान्मारले २-० गोलले पराजित गरेको छ ।नेपाली महिला फुटबलले यस पटक पनि उपाधिको खडेरी टार्न सकेन । सन् २०१० देखि ठूला प्रतियोगिताका १३ वटा फाइनल खेलिसकेको नेपाल अझैसम्म उपाधिविहीन छ। अब नेपाल १३ औँ पटक उपविजेतामा सीमित भएको छ । घरेलु मैदानमा भएको १३औँ फाइनलमा पनि उपाधि चुम्ने नेपालको सपना तुहियो ।
म्यान्मारका लागि खेलको ६१ औँ मिनेटमा काउन्टर एट्याकका क्रममा गोल पोस्टको साइडबाट प्रहार गरेको बलले नेपाली किपर एन्जिला तुम्बापोलाई बिट गर्दै जाली चुमेको थियो । म्यानमारले खेलको ६१ औँ मिनेटमा पहिलो गोल गरेलगत्तै अर्को गोल थप्यो । उसले खेलको ६३ औँ मिनेटमा अर्को गोल थपेको थियो । त्यसपछि दुवै टोली गोल गर्न चुके । यससँगै दशरथ रंगशालामा जम्मा भएका करिब १५ हजार ५ सय ६८ हजार नेपाली दर्शक फेरि एक पटक स्तब्ध भए ।
यसअघि २०८० फागुनमा साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिप फाइनल पनि नेपालले हारेको थियो। यस्तै गत कात्तिकमा नेपालमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि नेपाल उपविजेतामा सीमित भएको थियो । म्यान्मारविरुद्ध पनि हारेपछि नेपालले १३औँ फाइनलमा उपाधि चुम्ने तुहिएको छ । चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए । नेपालले यसअघि १२ वटा फाइनल हारिसकेकाले पहिलो उपाधिको खोजीमा थियो ।
यसअघि प्रतियोगितामा म्यान्मारले लिग चरणका तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको थियो । म्यानमारले लेबनान र कीर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो । त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको थियो।
नेपालले पनि लेबनान र कीर्गिस्तानलाई पराजित गरेको थियो भने म्यान्मारसँग बराबरी खेलेको थियो । फिफाको वरियतामा ५५औं स्थानमा रहेको म्यान्मारलाई सयौँ स्थानमा रहेको नेपालले लिग चरणमा बराबरीमा रोकेकाले फाइनल खेलका लागि उत्साहित थियो । त्यहीअनुसार पहिलो हाफमा खेल देखाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित भयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




