
काठमाडौँ । भारतको आसममा भूकम्पको धक्का महसुस भएको छ। आसामको मोरिगाउँ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको भारतीय समाचार माध्यमहरूले जनाएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मोरिगाउँ केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु आसामको मोरिगाउँमा १६ किलोमिटर गहिराइमा थियो।