खेलकुद

१०औँ राष्ट्रिय खेलकुदको मिति सर्यो, कर्णालीमा होइन काठमाडौँमै हुने

काठमाडौँ। पटकपटक सर्दै आएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति र स्थान नै परिवर्तन हुने भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने भनिएको प्रतियोगिताको मिति फेरि सरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले बिहीबार १०औँ राष्ट्रियको नयाँ मिति तोकेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद ३ देखि १० जेठ २०८२ सम्म गर्ने निर्णय गरेको हो।

यसअघि राखेपको ११८औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद १७ देखि २१ जेठ २०८२ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...