देश बनाउने दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालय शिक्षा गुणस्तरीय हुनुपर्छ ; मुख्यमन्त्री
काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालयको शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
आज धरान उपमहानगरपालिका–१५ स्थित शिक्षा सदन माविको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले मुलुक निर्माण गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको शिक्षा पनि गुणस्तरीय हुनुपर्ने बताए।
“सार्वजनिक विद्यालयले थप मेहनत गरी निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ”, उनले भने। शिक्षा देश विकासको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै उनले शिक्षा सदन स्कुलले यस क्षेत्रको शिक्षाको विकासमा पुर्याएको योगदानको प्रसंशा गरे।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




