अर्थ

कति छ आज विदेशी मुद्राको मूल्य?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आइतबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको थियो। अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको थियो। आज पनि शनिबार कायम विनियमै विदेशी मुद्राहरुको कारोबार हुनेछ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ३० पैसा छ। हिजो पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ८६ पैसा कायम भएको छ।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ६० पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा छ।
आज कुबेती दिनार १ को खरिददर ४ सय ५२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४ सय ५४ रुपैयाँ ३० पैसा छ।

बहराइन दिनार १ को खरिददर ३ सय ७० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ७२ रुपैयाँ २५ पैसा निर्धारण भएको छ।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...