अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन ट्रफीको उपाधि नजिक
काठमाडौँ। अस्ट्रेलियालाई पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको उपाधि नजिक पुगेको छ। मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियामाथि ४ विकेटको जित हात पार्दै भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको हो। अस्ट्रेलियाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो।
भारतको जितमा विराट कोहलीले उत्कृष्ट प्रर्दशन गरे। खेलको प्लेयर अफ दि म्याच समेत बनेका कोहलीले सर्वाधिक ४ रनको योगदान दिए। उनले ९ बलमा ५ चौका सहयोगमा ८४ रन बनाउँदा आडम जम्पाको बलमा क्याच आउट हुन पुगे। केएल राहुल ४२ रनमा अविजित रहे। कप्तान तथा अोपनर रोहित शर्मा र हार्दिक पाण्ड्याले समान २८ रन थपे। अक्षर पटेल २७ रन बनाउँदा बोल्ड आउट भए।
युएईको दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलिया ३ बल अगावै २ सय ६४ बनाउँदा आलआउट भयो। कप्तान स्टेभन स्मिथले बनाएको ७३ रन नै अष्ट्रेलियाका लागि सर्वाधिक रह्यो। एलेक्स केरीले ६१ रन थपे। ट्राभिस हेडले ३९ रन बनाए।
भारतका लागि मोहम्मद सामीले ३ विकेट लिए। वरुण चक्रवती र रविन्द्र जडेजाले समान २ विकेट लिए। हार्दिक पाण्ड्या र अक्षर पटेलको नाममा समान एक विकेट रह्यो। भारतले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग युएईमा नै खेल्नेछ। दोस्रो सेमिफाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्नेछन्। सो खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने ३ बजे सुरु हुनेछ।
फाइनल खेल आइतबार दुवैमा हुनेछ। च्याम्पियन्स ट्रफीका लागि भारत पाकिस्तान जना अस्विकार गरेपछि भारतले खेल्ने सबै खेल युएईमा हुने यसअघि नै निर्णय भएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




