राजनीति

जसपा नेपालले पनि राजमार्ग केन्द्रित अभियान चलाउने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ । ‘जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान’ लाई वैशाखसम्म सञ्चालन गर्ने पार्टीले निर्णय गरेको छ । वैशाखमा उक्त अभियान सकिएपछि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र हिमाली राजमार्ग केन्द्रित अभियान चलाउने निर्णय भएको जसपा नेपालका प्रवक्ता मनीष सुमनले बताए ।

अभियानको समय तालिका भने तय गर्न बाँकी रहेको उनले बताए । जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान सकिएलगत्तै जनजागरण अभियानको तयारीमा लाग्ने उनले बताए ।

यसअघि नेकपा एमालेले पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी राजमार्गमा अभियान सम्पन्न गरिसकेको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा।बाबुराम भट्टराईले पनि मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सम्पन्न गरिसकेका छन् ।

तीन दिनसम्म चलेको केन्द्रीय समितिको बैठकबाट पदाधिकारी तथा कार्यकारिणी समिति विस्तार गर्ने पनि जसपा नेपालले निर्णय गरेको छ । बैठकले १४ जना कार्यकारिणी सदस्य, दुई उपाध्यक्ष र एक महासचिव थप्ने निर्णय गरेको हो ।

पार्टी अहिले ३१ सदस्यीय कार्यकारिणी समितिको छ । त्यसमा ११ जना र थप गरिएका तीन जना पदाधिकारीसहित १४ थप गरेर ४५ सदस्यीय कार्यकारिणी समिति बनाउने जसपाले निर्णय गरेको हो ।

सम्बन्धित समाचार

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...