बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

चार देशीय महिला क्रिकेट शृंखला : युगान्डासँग भिड्दै नेपाल

चार देशीय महिला क्रिकेट शृंखला : युगान्डासँग भिड्दै नेपाल

  • खबर सेवा

  • शनिबार, फाल्गुन २४, २०८१

  • 26
    SHARES
चार देशीय महिला क्रिकेट शृंखला : युगान्डासँग भिड्दै नेपाल
राष्ट्रिय महिला क्रिकेट. तस्बिर : क्यान

काठमाडौं। युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी–२० शृङ्खलाअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज पहिलो खेल नामिबियासँग खेल्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आजखेल नेपाली समयअनुसार अपराह्न ४ः४५ बजे हुनेछ । नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो । उक्त शृङ्खलामा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ ।

सिरिजमा सबै टोलीले एकअर्कासँग सामान दुईरदुई खेल खेल्नेछन् । त्यसमा नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने छ । त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ । लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छ्न् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology