महिलामन्त्रीले भने : महिलाको सम्मान नहुने घर ‘नरक’ हो
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नरक’ सरह हुने टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताए। उनले आफ्नो छोरी रानी र अरुको छोरी नोकरानी जस्तो व्यवहार कसैले गर्न नहुने बताए।
उनले छोरीसरह स्नेह दिनसके आमासरह माया पाउने पाउने बताए। पुरुष र महिलामा कानुनी रुपमा कुने विभेद नभए पनि व्यावहारिक रपमा अझै कायम रहेको जिकिर गरे। यसलाई हटाउन सरकार लागिरहेको उनको भनाइ छ।
मन्त्री सुडीले भने, ‘जुन घरमा महिलाको सम्मान छैन, आदर छैन, त्यो घर नरक हो। त्यो घरमा कहिले पनि श्री हुन सक्दैन। लक्ष्मीको वास हुन सक्दैन। तर यो पनि ध्यान राख्नुपर्छ। हाम्रो छोरी रानी, अरुको छोरी नोकरानी गर्नु हुँदैन। यदी तपाईं आफ्नो घरमा श्री हेर्न चाहना राख्नुहुन्छ भने अरुको छोरी पनि रानी बनाउनुपर्छ। आमाले छोरीलाई खान नदिने, वर्तन धुहाउन लगाउने काम हुन्छ तर छोरालाई मजाले ऐस आराम गर्न दिने। यदी तपाईं आफ्नो बुहारीलाई छोरी समान मान्नुहुन्छ भने उसले पनि आमा मान्छ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...
इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...




