माओवादीको तराई-मधेश जागरण अभियान स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’ स्थगित भएको छ । राष्ट्रिय राजनीतिलाई मध्यनजर गरेर अभियान स्थगित भएको महासचिव देव गुरुङले जानकारी दिए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली अहिले रौतहटमा छ। अभियान स्थगित गरेर प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू काठमाडौं फर्किँदैछन्।
अभियान र पछिल्ला विकसित घटनाक्रमबारे छलफल गर्न भोलि पदाधिकारी बैठक बस्ने उनले बताए । पछिल्लो समयमा राजावादी शक्तिहरूको सक्रियतापछि माओवादीले अभियान स्थगित गरेको बताइन्छ। माओवादीले फागुन १२ गते झापाबाट एक महिने अभियान सुरु गरेको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...
इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...




