खेलकुद

पीएम कप आजदेखि

काठमाडौँ। सातौँ संस्करणको पीएम कप क्रिकेट प्रतियोगिता–२०८१ आजदेखि सुरु हुँदैछ। इतिहासमै पहिलो पटक पीएम कपका सबै खेल काठमाडौँ बाहिर हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यो प्रतियोगिता लुम्बिनी प्रदेशका दुई जिल्ला रुपन्देही र दाङमा हुँदैछन्।
फागुन २५ गतेदेखि चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता रुपन्देहीको भेरहवास्थित सिद्धार्थ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदान र दाङको लमहीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ।

प्रतियोगिता अन्तरगत हुने ४६ खेलहरूमध्ये सिद्धार्थ रंगशालामा १७, एक्स्ट्राटेकमा १५ र लमहीमा १४ खेल खेलाइने क्रिकेट संघ हुनेछन्।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीहरूको सहभागिता रहेको छ । खेलहरू सिंगल राउन्ड रोबिनका आधारमा खेलाइने छ । लिग चरणमा सबै टोलीले एक आपसमा खेलेपछि शीर्ष २ टोलीका बीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको पहिलो दिन फागुन २५ गते एकै पटक तीन वटै मैदानमा उद्घाटन खेल हुनेछन् । आइतबार सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश, एक्स्ट्राटेकमा बागमती प्रदेश र एपीएफ तथा लमहीमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशवीच खेल हुनेछ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...