
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पूर्वाराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रमअन्तर्गत राजसंस्थाको वकालत गरिरहेको दल राप्रपाले शक्रि प्रदर्शन गर्न लागेको हो । राप्रपाका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधर आज पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल जाने कार्यक्रम छ । त्यसपछि उनलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्याइने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजालाई स्वागत गर्न आज दिउँसो १ बजे विमानस्थल पुग्न सबैलाई अनुरोध गरेका छन् । ‘सबैलाई फागुन २५ गते दिउँसो १ बजे काठमाडौं एअरपोर्टमका राजाको स्वागतका लागि उपस्थित हुन हार्दिक निमन्त्रणा गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । ‘जोसँग जुन सवारी साधन छ, त्यही प्रयोग गरेर आउने सबैलाई उपस्थितका लागि हार्दिक निमन्त्रणा गर्दछु ।’
यही फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्था फर्काउने समय आएको भन्दै साथ दिन अपिल गरेका थिए । त्यसबाट हौसिएर राप्रपालगायत राजसंस्था पक्षधरहरू आन्दोलनरत छन् । उनीहरूले अब चाँडी राजसंस्था पुनस्र्थापना हुने दाबी गर्दै आएका छन् ।
यसले ठूला दलहरूमा तरङ्ग पैदा गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्काउने षड्यन्त्रमा नलाग्न पूर्व राजा र राजावादीलाई चेतावनी दिएका छन् । फागुन २२ मा महोत्तरीबाट उनले भने, ‘उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई त्यो तन्त्र कताबाट उधिनेर ल्याउने हो रु’