अर्थ

यस्तो छ मोटरहेड बाइकको नयाँ मूल्यसूचि

काठमाडौं । एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेड मोटरसाइकलको नयाँ मूल्यसूचि सार्वजनिक भएको छ । वैशाख ११ बाट लागु हुने गरी नयाँ मूल्यसूचि सार्वजनिक भएको मोटरहेडका लागि नेपालको एकमात्र आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टे«ड प्रा.लि.ले जनाएको छ ।

नयाँ मूल्यसूचि अनुसार स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार, एमएच १५० को मूल्य ३ लाख १० हजार, एमएच २०० को मूल्य ३ लाख ७५ हजार, स्पोर्टस् २५० (अफरोड) ३ लाख ७२ हजार, स्पोर्टस् २५० (रोड) ३ लाख ७५ हजार, टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, टेक्कन आर २५० को मूल्य ४ लाख १५ हजार, एक्स टर्क २५० को मूल्य ३ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको छ ।

देशका मुख्य मुख्य ठाउँमा रहेका मोटरहेडका निजी तथा डिलर मातहतका शोरुमहरुमा ग्राहकले मोटरहेड खरिद गर्न सक्नेछन् । १७ वटा मुख्य सहरहरुमा सेल्स/सर्भिस/स्पेयरको सुविधा सहित डिलर छ । साथै बिक्री पछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारिक मर्मत केन्द्रको पनि विस्तार गर्दै आएको छ ।

सबैको पहुचमा रहेको मोटरहेड वाइकको सस्तो मूल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...

मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान

मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान

काठमाडौं। कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत...

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली

काठमाडौँ। शेयर बजार परिसूचक (नेप्से)मा मंगलबार हरियाली छाएको छ । नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा...