बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

घट्यो नेप्से

घट्यो नेप्से

  • खबर सेवा

  • आइतवार, फाल्गुन २५, २०८१

  • 54
    SHARES
घट्यो नेप्से

काठमाडौँ। सेयर बजार परिसूचक (नेप्से) आज झिनो अंकले घटेको छ। सोमबारदेखि घट्न थालेको नेप्से साताको पहिलो दिन आइतबार ४६.३३ अंकले घटेको हो । योसँगै बजार परिसूचक २७७२.१० विन्दुमा ओर्लिएको छ। आज बजारमा १० अर्ब ०१ करोड रुपैयाँ बराबरको कारोबार भयो।

आज बजारमा २४ कम्पनीको मूल्य बढेको छ। २१७ कम्पनीको मूल्य घटेको छ भने बाँकी २ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज पनि गार्डियन लाइफसहित तीन कम्पनीको इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

त्यसरी सर्किट लाग्ने कम्पनीमा आईसीएफसी फाइनान्सको डिबेञ्चर र भोगोल इनर्जी रहेका छन् । उपकार लघुवित्त र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ। बजारमा सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूह र इन्भेष्टमेन्ट समूहको शेयर घटेको छ । कारोबार रकमका आधारमा आज पनि हिमालयन रि–इन्स्योरेन्स १ अर्ब १२ करोड रुपैयाँसहित अगाडि छ ।

कारोबार संख्याका आधारमा भने आज पनि गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रह्यो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology