बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

वुमन्स डे टी२० क्रिकेट : युगान्डामाथि नेपालको कठिन जित

वुमन्स डे टी२० क्रिकेट : युगान्डामाथि नेपालको कठिन जित

  • खबर सेवा

  • आइतवार, फाल्गुन २५, २०८१

  • 63
    SHARES
वुमन्स डे टी२० क्रिकेट : युगान्डामाथि नेपालको कठिन जित

काठमाडौँ। वुमन्स डे ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले घरेलु टोली युगान्डाविरुद्ध एक विकेटको रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै नेपालले दुई खेलबाट दुई अंक जोडेको छ । पहिलो पराजय बेहोरेको युगान्डाको पनि समान खेलबाट दुई अंक नै छ । पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित हुँदा युगान्डाले हङकङलाई आठ विकेटले हराएको थियो।

आइतबार एन्टेब्बे क्रिकेट ओभलमा युगान्डाले प्रस्तुत गरेको ७६ रनको लक्ष्य नेपालले एक बल बाँकी रहँदा ९ विकेट गुमाउँदै पूरा गर्यो।

नेपालका लागि साना प्रविनले १७, पूजा महतो १६ र रुबिना क्षेत्री १० रन बनाए । युगान्डाका लागि युगान्डाका लागि जेनेट एमबाबाजीले तीन तथा सारा वलाजाले दुई विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा साता विकेट गुमाउदै ७५ रन मात्र बनाउन सक्यो । युगान्डाका लागि इमाकुलेट नाकिसुइले २२, स्टेफेनिया नाम्पिलिनाले १४ र मलिषा अरिकोटाले ११ रन बनाए ।

नेपालका लागि पूजा महतोले तीन र कप्तान इन्दु बर्माले दुई विकेट लिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology