बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

हेर्नुहोस् डलरको भाउ

हेर्नुहोस् डलरको भाउ

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन २७, २०८१

  • 45
    SHARES
हेर्नुहोस् डलरको भाउ

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ०४ पैसा छ। हिजो र अस्ती दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको विनियमदर आज बढेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ३० पैसा छ थियो। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ९६ पैसा कायम भएको छ। हिजो युरो १ को खरिददर १ सय ५० रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ९१ पैसा थियो।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ८० रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ९९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २० पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८४ पैसा थियो।

आज कुबेती दिनार १ को खरिददर ४ सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ सय ५४ रुपैयाँ ६० पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ ११ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ ०५ पैसा थियो। बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ५१ पैसा थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology