राजनीति

जोगियो तोसिमा कार्कीको सांसद पद

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीको सांसद पद जोगिएको छ। २०७९ को चुनावमा निर्वाचन आयोगले उम्मेदवारी खारेजको निर्णय गरेपछि कार्कीले २०७९ कात्तिक १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

उक्त रिटको कात्तिक १५ गते प्रारम्भिक सुनुवाइमै सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी कायम राख्न निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुर क्षेत्र नं ३ लाई आदेश दिएको थियो।

कात्तिक २८ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पनि अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएपछि कार्कीको ललितपुर ३ मा रास्वपाको तर्फबाट उम्मेदवारी कायम भएको थियो।

यसअघि पुस २५ गते र फागुन ४ गते निसु तोकिए पनि सर्दै आएको थियो। तर सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले मंगलबार कार्कीको पक्षमा रिट जारी गरिदिएको हो।

२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा मेडिकल काउन्सिल सदस्य समेत रहेकी कार्कीलाई सार्वजनिक पदमा रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो।

सर्वोच्चबाट अन्तरिम आदेश पाएपछि कानुन व्यवसायीको सल्लाहमा उनले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी थिइन्। उनी ललितपुर क्षेत्र नं ३ की निर्वाचित सांसद हुन्।

सम्बन्धित समाचार

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...