राजनीति

राजसंस्थाको आवाज सुन्दा सरकार हरायो : राप्रपा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले प्रतिनिधिसभाको बैठकमा सरकारको अनुपस्थितिप्रति कटाक्ष गरेकी छन्। पन्ध्र मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले ‘राजसंस्था पक्षधरको जनलहरको धक्काले मन्त्री गायब भएको हो कि’ भनेर कटाक्ष गरिन्। उनले मन्त्रीहरूलाई जिम्मेवार बन्न पनि आग्रह गरिन्।

‘राजसंस्था पक्षधरको जनलहरको एक धक्काले हो कि मन्त्रीहरू नै गायब भएको। तर, आउनुभयो, उहाँहरूलाई स्वागत छ। जिम्मेवार बन्नुपर्‍यो,’ उनले भनिन्।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब आधा घण्टा ढिलो सुरु हुँदा पनि बैठकमा मन्त्रीहरू उपस्थित भएका थिएनन्। बैठक सुरु हुना साथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। अहिले दोस्रो बैठक बसिरहेको छ।

सम्बन्धित समाचार

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...