
काठमाडौँ। संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम ७ चैतका लागि तय भएको छ। आज बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले चैत ७ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको सुनाएका हुन्।
प्रश्नोत्तर कार्यक्रमका लागि समूह विभाजन यसअघि नै भइसकेको र समूह ९ मा रहेका सांसदहरूले चैत ७ गते सहभागिता जनाउने सभामुख घिमिरेले सुनाए।
उनले चैत ३ गते दिउँसो २ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष प्रश्नहरू लिखित बुझाउन पनि निर्देशन दिए।