
काठमाडौं। युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ ।
हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ । नेपाल समूहमा चौथो हुने निश्चित भइसकेको छ ।
नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ । नेपालले समूहमा तेस्रो भएको टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ ।