खेलकुद

हङकङमाथि नेपालको जित

काठमाडौँ। वुमन्स डे टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङविरुद्ध ६ विकेटको जित निकालेको छ।

जितसँगै चार अंक जोडेको नेपाल पुछारमा रह्यो। हङकङसँगको पहिलो भेटमा नेपाल दुई रनले पराजित भएको थियो। नेपालले नामिबियासँग दुवै खेलमा हार बेहोर्दा घरेलु टोली युगान्डासँग एक जित र हारको नतिजा निकालेको थियो। एन्टेब्बे क्रिकेट ओभलमा हङकङले प्रस्तुत गरेको १०५ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा चार विकेट गुमाउँदै पूरा गर्यो।

नेपालका लागि सम्झना खड्काले ४३ बलमा सर्वाधिक ४७ रनको योगदान गरिन्। यसैगरी पूजा महतोले अविजित २० र कप्तान इन्दु बर्माले १८ रन बनाइन्। हङकङका लागि मेहकदीप कौर र लिया वाङ कीले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो।

हङकङका लागि शन्जिन शहजादले ४७ बलमा सर्वाधिक ५४ रनको योगदान गरिन्। यसैगरी चान का यिङले १६ र यास्मिन दासवानीले १४ रन बनाए। नेपालका लागि राजमति ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले समान एक विकेट लिए। अब नेपालले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...