शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

आईसीसीले सार्वजनिक गर्‍यो महिला विश्वकप छनोटको खेल तालिका

आईसीसीले सार्वजनिक गर्‍यो महिला विश्वकप छनोटको खेल तालिका

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन ३०, २०८१

  • 33
    SHARES
आईसीसीले सार्वजनिक गर्‍यो महिला विश्वकप छनोटको खेल तालिका

काठमाडौँ। आईसीसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता यही चैत २७ गतेदेखि (अप्रिल ९ देखि १९) वैशाख ६ गतेसम्म पाकिस्तानमा हुनेछ।

राउण्ड–रोबिनका आधारमा खेलाइने प्रतियोगिताका सबै १५ खेलहरू पाकिस्तानको लाहोरमा खेलाइनेछ। गद्दाफी क्रिकेट मैदान र लाहोर सिटी क्रिकेट एसोसिएशन (एलसीसीए) मा यो प्रतियोगिताका खेलहरु हुनेछन्।

प्रतियोगितामा आयोजक पाकिस्तानसँगै स्कटल्याण्ड, आयरल्याण्ड, वेष्टइण्डिज, थाइल्याण्ड र बंगलादेश सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र आयरल्याण्डबीच चैत २७ गते (अप्रिल ९) गद्दाफी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। शीर्ष दुई स्थानमा रहने दुई टोलीले यसै वर्ष अक्टोबर र नोभेम्बरमा भारतमा हुने महिला विश्वकप क्रिकेटमा स्थान सुरक्षित गर्नेछन्।

आईसीसीको सूचीमा माथिल्ला ६ स्थानमा रहेका अष्ट्रेलिया‚ इङल्याण्ड‚ न्युजिल्याण्ड‚ दक्षिण अफ्रिका‚ श्रीलंका र प्रतियोगिता आयोजक भारत भने पहिले नै विश्वकपका लागि छनोट भइसकेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology