राजनीति

प्रचण्डको आरोप : पूर्वराजा वीरेन्द्रको हत्याका मुख्य योजनाकार ज्ञानेन्द्र शाह हुन्

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको संज्ञा दिएका छन् । सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित माओवादी केन्द्रको नगर समिति सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले दरबार हत्याकाण्डका मुख्य योजनाकार ज्ञानेन्द्र रहेको नेपाली जनताले थाहा पाइसकेको जिकिर गरे ।

१९ जेठ २०५८ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनास हुनेगरी दरबार हत्याकाण्ड भएको थियो । वीरेन्द्रको वंशनास भएपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए । दरबार हत्याकाण्डको वास्तविकता बाहिर नआएका बेला प्रचण्डले ज्ञानेन्द्र शाहलाई मुख्य योजनाकार भनेका हुन् ।

‘भाइमारा को हो? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त उनीहरूको परिवारभित्रै थिए नि । सबैले बुझेका छन् को हो मुख्य योजनाकारन्ने त । त्यो जनतालाई थाहा छ?,’ प्रचण्डले शुक्रबार भने।

आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा फेरि एकचोटि दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको बताउँदै प्रचण्डले अगाडि भने, ‘मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए फेरि छानबिन गरेर भाइमारा र राजद्रोहीलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो । अहिले यिनीहरूले चुरीफुरी गरिरहेका छन्, धेरै नगरे हुन्छ ।’

आक्रोशित मुद्रामा भाषण गरेका प्रचण्डले ज्ञानेन्द्रलाई मूर्तिचोर पनि भन्न भ्याए । ‘नौटंकीहरू देखाइँदै छ, राजामहाराजाहरूको बारेमा । २५० वर्षसम्म यो देशलाई कहाँ पुर्‍याए । नेपाली जनताले बिर्सेको छ? मूर्तिचोर को हुन्? नेपालका ठूला मूर्ति चोरहरू अहिले राजा’, प्रचण्डले भनेका छन्, ‘भाइमारा को हो? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ? सुन तस्कर को हो? नेपाली जनताले बिर्सियो भन्ठानेको?’

सम्बन्धित समाचार

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...