राजनीति

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको जवाफ : तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको हो

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको संगीन आरोप लगाएपछि राप्रपा सचेतक ज्ञानेन्द्र शाही प्रतिवादमा उत्रिएका छन्। सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले वंश विनाश गर्नेहरूले राजा बन्ने धाक देखाएको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई खबरदारी गरेका थिए ।

त्यसको केही घण्टापछि जवाफ फर्काउँदै राप्रपा सचेतक शाहीले विदेशीको इसारामा प्रचण्ड र तत्कालीन सरकारको मिलेर वीरेन्द्रको वंशनाश गरेको बताएका छन् ।

‘सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यो। तर, यस्तै भड्किला झुटा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्’, शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। शाहीले दरबार हत्याकाण्डको सबैभन्दा बढी फाइदा प्रचण्डलाई नै भएको पनि बताएका छन्। साथै, शाहीले प्रचण्डमाथि गम्भीर आरोप छेडेका छन्।

‘प्रचण्डजी २०५२ सालमा राजा वीरेन्द्रका विरुद्धमा हतियार कसले उठायो तपाईंले उठायो? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईंलाई भयो ? जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्‍यो तपाईंले प्राप्त गर्नु भयो? राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट आधुनिक हतियार कसले लियो तपाईंले लिनुभयो? मोबाइल फोन नभएको समयमा स्याटालाइट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो? तपाईंलाई’, शाहीले लेखेका छन् ।

भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी प्रचण्डले नै मारेको शाहीको भनाइ छ । निहत्था नागरिकलाई बाटोबाटोमा बम थाप्दै कसले हत्या गरिएको उनको टिप्पणी छ ।

‘विदेशीको इशारामा मन्दिरका, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो? तपाईंले रेट्यो । ३३ किलो सुन तस्कर कसले गर्‍यो? तपाईंले गर्‍यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो? तपाईंले गर्‍यो’, शाहीले लेखेका छन् ।

 

सम्बन्धित समाचार

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...