शनिबार, चैत्र १, २०८१
English
Follow us:

‘होस्टेल ३’ ले कमायो ४ करोड ३२ लाख

‘होस्टेल ३’ ले कमायो ४ करोड ३२ लाख

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन ३०, २०८१

  • 32
    SHARES
‘होस्टेल ३’ ले कमायो ४ करोड ३२ लाख

काठमाडौँ। गत शुक्रबार रिलिज भएको फिल्म ‘होस्टेल ३’ का निर्माताले पहिलो साताको व्यापार सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्क अनुसार यस चलचित्रले बिहीबारसम्म ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको हो।

चलचित्र निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक समेत रहेका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डीसीआर रिपोर्टको आधारमा आम्दानीको आँकडा निकालेको बताए। हामीलाई वितरकले दिएको व्यापार रिपोर्ट नै आधिकारिक हुन्छ। वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ,’ उनले भने।

चलचित्रले काठमाडौँ उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ। यस चलचित्रलाई काठमाडौँमा गोविन्द शाही नेतृत्वको काफिया फिल्म्स र उपत्यका बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्सले वितरण गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology