यी स्थानमा हुँदैछ आज ‘लोडसेटिङ’
काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा शनिबार बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशन गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती जानकारी दिएको हो। बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुनेछ।
‘कण्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ हुने सूचनामा उल्लेख छ। सोही वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत पर्ने कञ्चनगेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका स्थानमा पनि बिहान ११ बजेदेखि ४ बेसम्म लाइन काटिनेछ।
यस्तै, जोरपाटी वितरण केन्द्रको डाँछी फिडरमा पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बिजुली काटिनेछ। मूलपानी पिपलबोटमा तार तान्नका लागि लाइन काटिनेछ ।
सोही वितरण केन्द्रको मुलपानी फिडरमा पर्ने मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवलधारा, मनकामनामाई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रबास, गजरकोट क्षेत्रमा पनि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म लाइन काटिनेछ।
जोरपाटी वितरण केन्द्रको साँखु फिडरमा पर्ने नयाँ पाटी, ब्रह्मखेल, इन्द्रायणी, साँखु, जर्सिङपौपा, नाङ्लेभारे, गागल, गागलफेदी, मूलपानी पिपलबोटलगायतका स्थानमा पनि लाइन कटौती हुने प्राधिकरणले जनाएको छ ।
ताजा अपडेट
-
१.
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
-
२.
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
-
३.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
४.
निर्वाचन प्रहरी
-
५.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




