सिलिन्डर विस्फोट हुँदा तीन घाइते
काठमाडौँ। धनगढी उपमहानगरपालिका ६ मटियारीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, मिना खड्काको घरमा सिलिन्डर जडान गर्ने क्रममा विस्फोट भएको हो।
घटनामा ३६ वर्षीया मिना खड्का, उनका २० वर्षीया छोरी चन्द्रा खड्का र ४० वर्षीय स्थानीय ग्यास व्यापारी गोविन्द जोशी घाइते भएका छन्। उनीहरूको हाल निसर्ग अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराका अनुसार, खड्काले जोशीको पसलबाट ग्यास ल्याएको र सिलिन्डर जडान गर्न जोशीलाई घरमै बोलाएकी थिइन्। सिलिन्डर जडान गर्ने क्रममा एक्कासी विस्फोट भएको बताइएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...
भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...
वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो
सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...




