ज्ञानेन्द्रलाई प्रचण्डको चेतावनी : ठूलो मूल्य चुकाउनुपर्ला
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीलाई ठूलो मूल्य चुकाउनुपर्ला भन्दै चेतावनी दिएका छन्।
मंगलबार काठमाडौँमा आयोजित २७ औं सांस्कृतिक प्रतिरोध दिवस, सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो चेतावनी दिएका हुन्।
‘फेरि अर्को मुर्खता नगरियोस्। नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर हुनसक्छ,’उनले भने, ‘राजतन्त्र पुनस्स्थापना त असम्भव छ, तर यसले बहसले समाजवादको यात्रा फराकिलो बनाउँछ भन्ने मेरो बुझाइ छ।’
उनले पूर्वराजातर्फ इंगित गर्दै संयमित भएर बस्न आग्रह गरे। ुसंययमित रुपले बस्नुको सट्टा सक्रिय भएको छ। यसको परिणाम ठूलो चुकाउनुपर्नेछु उनले भने।
उनले अहिलेको गणतन्त्र स्थापना गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको भिलेनको भूमिका महत्वपूर्ण भएको बताए। ‘भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्वपूर्ण छ गणतन्त्र स्थापनाको गर्न। अहिले पनि नेपाली जनतालाई जागरुक हुन एउटा आधार तयार पारिदिएकोमा उनको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘कथा फिलिम हिरोले मात्रै चल्दैन। भिलेन पनि चाहिँन्छ उसको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ अहिले भइरहेको यही हो।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...
इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...




